नियम ४०
प्रेसर प्लान्ट तथा बोइलर परीक्षण सम्बन्धी व्यवस्था
: (१) रोजगारदाताले कार्यस्थलमा जडित प्रेसर प्लान्ट तथा बोइलरको परीक्षण गर्दा देहायका कुराहरुमा ध्यान दिनु पर्नेछः-
(क) आधुनिक बनौट तथा गुणस्तरको भए, नभएको,
(ख) प्रेसर प्लान्ट तथा बोइलरलाई उपयुक्त तरिकाबाट सम्भार गरी सुरक्षित तवरले राखे नराखेको,
(ग) प्रेसर प्लान्ट तथा बोइलरमा अधिकतम चापभन्दा बढी चापमा सञ्चालन नहुने गरी सेफ्टी भल्व, प्रेसर भेसल तथा बोइलरको सञ्चालित चाप हेर्न उपयुक्त प्रेसर गेज तथा तत्सम्बन्धी अन्य कुनै उपकरण जडान भए, नभएको।
(२) प्रेसर प्लान्टमा निर्धारित कार्य सञ्चालन चापलाई प्रेसर गेजमा रातो चिन्हद्वारा अङ्कित गरिएको हुनु पर्नेछ।
(३) प्रेसर भेसलमा रहेको तरल पदार्थ निकाल्न यसको तल्लो भागमा उपयुक्त ड्रेन वा भल्व उपकरण जडान हुनु पर्नेछ।
(४) प्रेसर भेसलको वाटर लेभल इन्डिकेटरलाई उपयुक्त तरिकाले जडान गरिएको हुनु पर्नेछ।
(५) प्रेसर भेसलको सिस्टमलाई अन्य भेसल वा चाप उत्पादन हुने श्रोतबाट कुनै पनि समयमा अलग्याउन सकिने उपयुक्त स्टप भल्व हुनु पर्नेछ।
(६) सित्तिङ सिलिण्डरमा डाईजेष्ट स्टीम ज्याकेट प्यान्स र अन्य चापमा काम हुने भेसलमा सेफ्टी भल्व र प्रेसर गेज अनिवार्य रुपमा जडान गरिएको हुनु पर्नेछ।